बागमती प्रदेशको बजेट भाषण: प्राङ्गारिक मल कारखाना स्थापना गर्न ५ करोड विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण जारी छ ।
आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेट प्रस्तुत गरिरहेका छन् ।
आगामी वर्षमा सरकारले प्रदेश भित्रका प्रत्येक निर्वाचन क्षेत्रमा प्राङ्गारिक मल कारखाना स्थापना गर्न ५ करोड रुपैँया विनियोजन गरेको मन्त्री लामाले उल्लेख गरे ।