हेटौंडामा अटो तथा मयुरी चालकका लागि अनुशिक्षण कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा अटो तथा मयुरी चालकहरुका लागि अनुशिक्षण कार्यक्रम संचालन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर तथा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा कार्यक्रम भएको हो ।
बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्न मकवानपुरमा रहेको अटो, मयुरी, सुमो, म्याजिक चालकहरुलाई ट्रफिक नियमसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिने उद्देश्यले कर्यक्रम संचालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख वसन्त आचार्यले बताए ।
साथै उनले असार १ गतेदेखि मापसे गरेर सवारी साधन चलाएमा सवारी चालकहरुले मापसे सम्बन्धी कक्षा लिनुपर्ने व्यवस्था गरेको जानकारी दिए ।
