तेस्रो मेयर कप फुटबलको उपाधि हेटौंडा ११ लाई

तु खबर संवाददाता
२०८० जेष्ठ २८, आईतवार ०८:५५

मकवानपुर । तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिका वडा नं.११ ले हात पारेको छ ।

शनिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाइनल खेलमा वडा नम्बर १५ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै हेटौंडा–११ ले उपाधि हात पारेको हो ।

हेटौंडा–११ ले हेटौंडा–१५ लाई ४–३ गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिताको विजेताले वडा नम्बर ११ ले नगद २ लाखसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेता वडा नम्बर १५ ले १ लाख ५० हजार प्राप्त गर्यो ।

यस्तै, सेमिफाइलनमा स्थान बनाएको वडा नम्बर १४ र १५ ले नगद ५०–५० हजार प्राप्त गरेको थियो ।

वडा नम्बर १५ का रितेश श्रेष्ठ प्रतियोगिताकै सर्बोउत्कृष्ट खेलाडी घोषित भए । उनले ५ लाख बराबरको जिवन बिमा प्राप्त गरे ।

त्यस्तै विधागत तर्फ चार वटै वडा नम्बर ११ का खेलाडी प्राप्त गरे । उत्कृष्ट गोलरक्षकमा शेख असद, उत्कृष्ट फरर्वाडमा मनोज घलान, उत्कृष्ट मिड फिल्डरमा पवन राई, उत्कृष्ट डिफेण्डरमा दिनेश मोक्तान घोषित भए ।

प्रतिम स्याङ्बो प्रतियोगिताक्रै सर्वाधिक गोलकर्ता हुँदा वडा नम्बर ११ का संजिब गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागत रुपमा उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले ट्रफि सहित नगद ५–५ हजार प्राप्त गरेका छन् ।

नगर खेलकुद विकास समिति, हेटौंडा उपमहानरपालिकाको आयोजना भएको प्रतियोगितामा उपमहानगरपालिकाको १९ वटै वडाको सहभागिता रहेको थियो ।