हेटौंडामा आजबाट प्रथम स्काउट क्याम्प हुने

तु खबर संवाददाता
२०८० जेष्ठ २६, शुक्रबार ०९:१५

मकवानपुर । हेटौंडामा प्रथम हेटौंडा स्काउट क्याम्प–२०८० आजबाट हुने भएको छ । उक्त हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय हेटौंडा उपमहानगरपालिका समितिको आयोजनामा हुने भएको हो ।

हेटौंडा–१८ स्थित गोरक्षनाथ माविमा हुने उक्त क्याम्प आजदेखि २८ गतेसम्म संचालन गर्ने स्काउट क्याम्प हुने संयोजक दीपेन्द्र रोक्काले जानकारी दिए ।

क्याम्पमा नगरभित्रका २५ भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयहरुका चार सयभन्दा बढी स्काउटमा आबद्ध प्रशिक्षार्थिहरू र जिल्लाका अन्य गाउँपालिकामा रहेका विद्यालयका स्काउटको समेत सहभागी हुनेछन् ।

क्याम्पमा निबन्ध प्रतियोगिता, नृत्य प्रतियोगिता, क्याम्प सजावट प्रतियोगिता रहनेछ । क्याम्पमा विद्यार्थीहरुलाई विपद् व्यवस्थापन तालिम, प्राथमिक उपचार तालिम, वातावरण संरक्षण सम्बन्धी तालिम समेत दिने उनले जानकारी दिए ।