मंगलबार स्थगित भएको राष्ट्रिय सभाको बैठक आज बस्दै

तु खबर संवाददाता
२०८० जेष्ठ २४, बुधबार ०९:५५
file-photo

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । मंगलबारका लागि तय भएको राष्ट्रिय सभाको बैठक आज बस्न लागेको हो ।

मंगलबार लागि निर्धारण गरेको बैठक संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर स्थगित भएको जानकारी गराएका थिए ।

राष्ट्रिय सभाको बैठक ११ बजेर ११ मिनेटका लागि बोलाइएको थियो । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भारत भ्रमणमा केन्द्रित रही सार्वजनिक महत्वको विषयमा बोल्ने सम्भावित कार्यसूची रहेको थियो ।