प्राकृतिक प्रणालीबाट बहुबाली र कौशी खेतीसम्बन्धी तालिम सम्पन्न
मकवानपुर । मकवानपुरको हेटौंडामा तीन दिने प्राकृतिक प्रणालीबाट बहुबाली र कौशी खेतीसम्बन्धी तालिम सम्पन्न भएको छ ।
ग्रामीण महिला सेवा केन्द्र मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तीन दिने तालिम सम्पन्न भएको हो ।
तालिम सेवा केन्द्रकी अध्यक्ष सुलोचना स्याङ्तानको सभाध्यक्ष एवम् उपमहानगरपालिकाका कृषि पशुपंक्षी शाखाकी प्रमुख गंगा चौलागार्इँको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
सो तालिममा हेटौंडाका ३५ जनाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई गोपाल भण्डारीले प्राकृतिक मल बनाउने तरिका, बीउ रोप्ने र प्रशोधन गर्ने प्रक्रियाबारे प्रशिक्षण दिएका थिए भने पुष्पराज शाहीले कौशी खेतीबारे प्रशिक्षण दिएका थिए ।
सेवा केन्द्रकी सचिव अचला शर्माले सहजीकरण गरेको कार्यक्रममा केन्द्रकी उपाध्यक्ष लक्ष्मी मोक्तानले स्वागत मन्तव्य राखेकी थिइन् ।
