हेटौंडा–३ मा निःशुल्क जनरल हेल्थ जाँच स्वास्थ्य शिविर

तु खबर संवाददाता
२०८० जेष्ठ २२, सोमबार १८:०९

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ मा सोमबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

हेटौंडा–३ को वडा कार्यालय र बसामाडी स्वास्थ्य चौकीको संयुक्त आयोजनामा एक दिने निःशुल्क जनरल हेल्थ जाँच स्वास्थ्य शिविर भएको हो ।

विभिन्न रोगबाट समस्या भोग्दै आएका उक्त क्षेत्रका नागरिकले डाक्टरहरुबाट निःशुल्क रुपमा सेवा लिएको ३ नम्वर वडाका सचिव महेन्द्र चापागार्इँले जानकारी दिए ।

बसमाडी स्वास्थ्य चौकीमा भएको शिविरमा विभिन्न रोग लागेका वडाका २९० जना नागरिकले निःशुल्क सेवा लिएको सचिव चापागाईँले बताए ।