नदीमा डुबेर दुई युवतीको मृत्यु

तु खबर संवाददाता
२०८० जेष्ठ १०,बुधबार १०:१३

बाँके । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । जिल्लाको डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मंगलबार साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकले जनाएकोे छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।