चट्याङले लियो महिलाको ज्यान

तु खबर संवाददाता
२०८० जेष्ठ ९, मंगलवार १०:२७
file-photo

रौतहट । रौतहटमा मंगलबार बिहान चट्याङ लागेर एक जना महिलाको ज्यान गएको छ । वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर मौलापुर नगरपालिका पतौरागाउँकी ३५ वर्षीया प्रतिमा देवीको ज्यान गएको हो ।

आफ्नो गोठ नजिकैको ट्युबवेलमा पानी भर्ने क्रममा बिहान ७ बजे चट्याङ लागेर उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।

मृतक महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।