वीरगंजबाट पक्राउ परे हेटौंडाका लोप्चन

तु खबर संवाददाता
२०८० जेष्ठ ९,मंगलवार ०९:३६

पर्सा । पर्साको वीरगंज महानगरपालिका वडा नम्वर १६, रजतजयन्ती चोकबाट प्रहरीले सोमबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरी बस्ने २७ वर्षीय गोबिन्द लोप्चन रहेका छन् । उनलाई प्रहरी चौकी ईनार्वा र लागूऔषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका लोप्चनलाई चेकजाँच गर्दा फेनारगन २९ एम्पुल, डाइजेपाम २९ एम्पुल र नुर्फिन २९ एम्पुल लागूऔषध फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।