आज यी चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० जेष्ठ ९, मंगलवार ०९:०५
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

यस्तै, आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।