ए डिभिजन लिग अन्तरगत आज तीन खेल हुँदै

तु खबर संवाददाता
२०८० बैशाख ३०, शनिबार ०९:०७

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । त्रिपुरेस्थित दशरथ रङ्गशालामा दुई वटा र च्यासल खेल मैदान, ललितपुरमा एक खेल हुनेछ ।

च्यासलस्थित खेल मैदानमा मच्छिन्द्र फुटबल क्लब तथा थ्री स्टार क्लबबीच पहिलो खेल हुनेछ । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, त्रिपुरेस्थित रङ्गशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लबबीच पहिलो प्रतिस्पर्धा हुनेछ । सो खेल पनि ३ बजेबाट सुरु हुनेछ ।