नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

तु खबर संवाददाता
२०८० बैशाख २९, शुक्रबार १५:४८
file-photo

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आशा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

संस्थाको १४.२८ प्रतिशत दरका कुल ४ लाख ७७ हजार २० कित्ता बोनस शेयर सूचीकृत भएको र उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।