संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन
काठमाडौं । संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली कांग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
उनी काठमाडौंको सिफलमा बस्दै आएका थिए । २००२ मंसिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मिएका बस्नेत नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लामो समयसम्म रहेका थिए ।
काग्रेसको केन्द्रीय सदस्यसमेत भएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एमए तथा बीएल गरेका छन् । बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षसमेतको जिम्मेवारी सम्हालेका थिए ।
