संवैधानिक परिषदको बैठक जारी

तु खबर संवाददाता
२०८० बैशाख २५, सोमबार १८:५७
file-photo

काठमाडौं । संवैधानिक परिषदको बैठक हाल जारी छ । प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सिंहदरबारमा बसेको बैठक केहीबेर अघि मात्रै सुरु भएको हो ।

बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी छन् ।

शनिबार विपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले ४८ घण्टाको समय राखेर परिषद्को बैठक बोलाएका हुन् ।

विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्ति हुन नसकेकै कारण नेपाल बार एसोसिएसनले आन्दोलन गर्दै आइरहेको छ ।

यसअघि बैशाख ६ गते राखिएको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसका सम्बन्धमा सर्वसम्मति हुन सकेको थिएन ।