शेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीले पाए आशय पत्र
काठमाडौं । शेयर ब्रोकर लाइसेन्सका लागि थप १३ नयाँ कम्पनीले आशय पत्र पाएको छ । यसअिघ १६ वटा कम्पनीलाई आशय पत्र दिएको नेपाल धितोपत्र बोर्डले हिजो बुधबार पुन थप १३ वटा कम्पनीलाई आश्य पत्र प्रदान गरेको हो ।
बोर्डले ब्रोकरका ती कम्पनीहरुलाई आशय पत्र दिने निर्णय गरेको हो । बोर्डले सनराइज सेक्युरीटीज, जेबिएनएल सेक्युरीटीज, सेयरप्रो सेक्युरिटीज प्रालि, स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड, प्रोपर्टि विजार्ड लिमिटेड, क्यापिटल हब प्रालि, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, ब्लु चिप सेक्यूरिटिज लिमिटेड, गरिमा सेक्युरिटीज लिमिटेड, कलश स्टक मार्केट प्रालि, मनि वल्र्ड सेयर एक्सचेन्ज प्रालि, शुभकामना सेक्यूरिटिज प्रालि र मियो सेक्युरिटिज प्रालिलाई ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्रदान गरेको हो ।
धितोपत्र बोर्डले गत वर्ष २०७९ असोज २ मा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । आवेदन दिने ३० दिनको अवधिमा ४५ कम्पनीको आवेदन परेको थियो ।
धितोपत्र बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब ५० करोड तोकेको छ । त्यस्तै पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकेको हो ।



