दार्चुलाको हिमपहिरोमा परेर पाँच जना बेपत्ता
दार्चुला । मंगलबार दार्चुलाको हिमपहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । जिल्लाको व्याँस गाउँपालिका–१ भोलिन भन्ने स्थानमा हिमपहिरोमा परेर ७ जनाको सकुशल उद्दार गरिएको छ भने ५ जना अझै बेपत्ता छन् ।
बेपत्ता हुनेहरुमा दार्चुलाको दुहुँ गाउँपालिका–४ पोक्सेका ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका–२ बुडरका ४५ वर्षीया नक्की दोमा थापा, सोही ठाउँका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिम्मी थापा रहेका छन् ।
सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोलीले उनीहरुको खोजीकार्य जारी राखेको छ ।
