यार्सागुम्बा खोज्न गएका २ जनाको कठ्याङ्ग्रिएर मृत्यु

तु खबर संवाददाता
२०८० बैशाख २०, बुधबार ०९:४२
सांकेतिक तस्वीर

बझाङ । बझाङमा यार्सागुम्बा खोज्न गएका दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका –४ का एक जना र सुर्मा गाउँपालिकाकै –५ का एक जना गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मंगलवार सुर्मा गाउँपालिका – ४ का अन्दाजी ४५ वर्षीय प्रमु बोहराको मुत्यु भएको हो । उनको यार्सागुम्बा संकलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्यांग्रीएर बाटोमै मृत्यु भएको हो ।

यस्तै, सोमबार पनि सुर्मा गाउँपालिकाकै –५ सैन गाउँका ३३ वर्षिय कलक बोहराको पनि चिसोले कठ्याङ्ग्रिएर मुत्यु भएको थियो ।

मंगलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवि बोहरा हिमपहिरोमा परेर वेपत्ता भएकी छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।