पोल्ट्री व्यवसायी कँडेल मृत अवस्थामा फेला
चितवन । चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेल मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको भरतपुर महानगरपालिका वडा नम्वर ३, बेलचोकस्थित आफ्नो अफिसको कोठाभित्र कँडेल झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनी अनमोल फिड्सका सञ्चालक हुन् । कँडेल झुण्डिएको कोठामा सुसाइड नोटसमेत भेटिएको छ ।
प्रहरी टोलीले घटनास्थलको मुचल्का गरेर शव पोष्टमार्टमका लागि पठाएको र घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
उनी नेपाली कांग्रेस चितवनको यसअघिको कार्यकालमा कोषाध्यक्ष भएका थिए । अहिले महासमिति सदस्य थिए ।
