आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले आज पनि देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
यस्तै, आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले छ ।
