भारतमा २४ घण्टामा ६ हजारभन्दा बढीमा कोरोना पुष्टि, १४ को मृत्यु

एजेन्सी
२०७९ चैत्र २४, शुक्रबार १६:०७
file-photo

भारत । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६ हजार ५० नाघेको छ । यो पछिल्लो २०३ दिनको रेकर्ड सङ्ख्या हो ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारीमा भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार ३०३ पुगेको छ । गत वर्ष सेप्टेम्बर १६ मा ६ हजार २ सय ९८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण १४ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार दैनिक पोजिटिभिटी दर ३.३९ र साप्ताहिक पोजिटिभिटी दर ३.०२ प्रतिशत रहेको छ ।