मकवानपुरका गौतम प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले शनिबार साँझ लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ खयरघारीबाट लागूऔषध गाँजा ४ किलोसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही गाउँपालिका–६, सुनाचुरी बस्ने २६ वर्षीय सरोज गौतम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उनलाई प्रहरी चौकी चुनाचुरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । शनिबार साँझ ८ः४५ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका उनलाई रोेकी चेकजाँच गर्ने क्रममा जेब्रा झोला भित्र लुकाई छिपाई ल्याएको उक्त परिमाणका गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।