सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग

तु खबर संवाददाता
२०७९ चैत्र ९, बिहीबार १६:५२
file-photo

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने बताएको छ । बिहीबार बसेको लोसपाको बैठकले सो निर्णय गरेको हो ।

नेता शरतसिंह भण्डारीले आफुहरु सरकारमा सहभागी हुँदा सम्मानजनक जनक उपस्थिति हुनुपर्ने बताए । यसका लागि सम्वाद गर्ने जिम्मेवारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको उनले बताए ।

बैठकले बारा क्षेत्र नम्बर २ मा १० बैशाखामा हुने उप–निर्वाचनका लागि गृहकार्य गर्ने थाल्ने निर्णय समेत गरेको छ ।