सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ फाल्गुन २९, सोमबार ०८:२०
सांकेतिक तस्बिर

दाङ । दाङमा एक महिलालाई सामूहिक बलात्कार गरेको अरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, शुक्रबार राति साढे १ बजेको समयमा घोराही उपमहानगरपालिका–१७ स्थित बेलभारमा राति बास मागेर आगनमा श्रीमान् श्रीमती सुतेको अवस्थामा श्रीमानलाई कुटपिट गरी दुई जनाले महिलालाई बलात्कार गरेका थिए ।

पीडित महिला तीन महिनाअघि श्रीमानको खुट्टाको उपचार गराउन भन्दै दाङ आएकी थिइन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा पैसा सकिएपछि श्रीमान् श्रीमती मागेर जीवन चलाइरहेका थिए ।

पीडितले घटनाबारे फागुन २७ गते दिएको जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाइएको छ ।