फागुन २८ गते माओवादी धारको संयुक्त पत्रकार सम्मेलन हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित माओवादी धारको संयुक्त पत्रकार सम्मेलन यही फागुन २८ गते हुने भएको छ । नेकपा माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै फागुन २८ गते आइतबार २ बजे काठमाडौंको प्रज्ञा भवनमा हुने जानकारी गराएका हुन् ।
आज बसेको माओवादी धारको बैठकले आइतबार संयूक्त पत्रकार सम्मेलन गर्ने निर्णय गरेका थिए । यस्तै फागुन ३० गते संक्रमणकालीन न्यायका विषयमा अन्तक्र्रिया गर्ने निर्णय गरेका छन् ।