जनमत पार्टीद्वारा उपराष्ट्रपतिमा ममताको नाम अनुमोदन

तु खबर संवाददाता
२०७९ फाल्गुन २६, शुक्रबार १६:०२

काठमाडौं । जनमत पार्टीले उपराष्ट्रपतिमा आफ्नो दाबी गरेको छ । सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अनुमोद गरेको छ ।

सप्तरीकी ममता सद्भावना पार्टी पृष्ठभूमिकी हुन् भने केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकी थिइन् । पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन गरेको उपाध्यक्ष दिलीप साहले जानकारी दिए ।

यसअघि उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको थियो । यस्तै, जसपाले पनि उम्मेदवारको रूपमा नेता रामसहाय प्रसाद यादवलाई अघि सारेको छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत्रमा हुँदैछ ।