नेविसंघको सिटौला समूहद्वारा विशेष भेला आह्वान

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको संस्थापन र इतर समूहबीचको विवाद चर्किदै जाँदा ‘तेस्रो धार’ भनिने समूहले विशेष भेला आह्वान गरेको छ ।
पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट विद्यार्थीहरुले शुक्रबार बिहान ‘स्ववियु निर्वाचन विशेष भेला’ आह्वान गरेका हुन् । नेविसंघको पूर्व केन्द्रीय सदस्य सुशील भट्टले शुक्रबार बिहान ८ बजे बाल्मिकी क्याम्पसमा भेला बोलाइएको जानकारी दिए ।
उनका अनुसार भेलालाई बागमती प्रदेश सभा सदस्य तथा प्रमुख सचेतक कुन्दनराज काफ्ले, गण्डकी प्रदेश सभा सदस्य तथा बाग्लुङ सभापति जीत शेरचन, नेविसंघका पूर्व उपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्वमहामन्त्री बलदेव तिमल्सिनालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छन् ।