नारी सशक्तीकरणका लागि जुटौँः अध्यक्ष ढकाल

तु खबर संवाददाता
२०७९ फाल्गुन २४, बुधबार १०:२०
file_photo

मकवानपुर । नेपाल परिवार दलका अध्यक्ष एमव् प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नारी सशक्तीकरणमा शिक्षाको अहम भुमिका हुने भन्दै नारीलाई शिक्षित र दीक्षित बनाउनुपर्ने बताएका छन् ।

११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले महिलालाई समान सहभागिता र पहुँचको सुनिश्चिता प्रदान गर्नेपर्नेमा जोड दिए ।

ढकालले सबैखाले विभेद र असमानतालाई तोड्दै विषेशगरी श्रमिक महिलाका हक अधिकारको पूर्ण प्रत्याभूति गराउन सरोकारवाला सबैलाई प्रेरणा मिलोस् भन्ने विश्वास व्यक्त गरे । ढकालले प्रत्यक घर परिवार बाट नै महिलाको उचित कदरको सुरुवात गर्नुपर्ने भन्दै महिला अधिकारको लागि पुरुषहरु बढी जिम्मेवार हुनुपर्ने उल्लेख गरे ।

ढकालले नारी दिवसले समस्त नेपाली नारी दिदीबहिनीबीच आपसी सद्भाव र एकता कायम गर्नुका साथै लैङ्गिक समानता, नारी सशक्तीकरण र महिलाको हक अधिकार प्राप्तिको अभियानमा एकढिक्का भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना सन्देशमा उल्ल्लेख गरेका छन् ।

जर्मनीकी महिला नेतृ क्लारा जेट्किनको सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको रूपमा मनाउने प्रस्ताव सम्मेलनले पारित गरी सन् १९११ देखि नै महिला दिवस मनाउन थालियो । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ ।