चितवनमा मृत फेला परे हेटौंडाका पाठक

मकवानपुर । हेटौंडाका एक युवक चितवनको नारायणी नदीको किनारमा मृत अवस्थामा फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नमवर ९ बस्ने २४ वर्षीय सौरभ पाठक मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, पाठकको शव चितवन भरतपुर महानगरपालिका–१, नारायणी नदी किनारमा फेला परेको हो । उनी यही फागुन १६ गते कामको शिलशिलामा काठमाडौं गएका थिए ।
आफन्तका अनुसार उनी फागुन १८ गते काठमाडौंबाट घर फर्किने क्रममा भरतपुर महानगरपालिका–१ हरिहर मन्दिरबाट बेपत्ता भएका थिए । उनी बेपत्ता भएपछि आफन्तले फागुन २० गते जिल्ला प्रहरी कार्यालय चितवनमा खोजतलाका लागि निवेदन दिएका थिए ।
प्रहरीले खोजीको क्रममा फागुन २२ गते सोमबार नारायणी नदीको किनारमा मृत अवस्थामा फेला परेको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।