लागूऔषधसहित तीन जना पक्राउ
झापा । प्रहरीले झापाबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको अर्जुनधारा नगरपालिका वडा नम्वर ११ नयाँ बसपार्कस्थित पशुपतिनगर होटलमा डेरा गरी तीन जनालाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ पर्नेहरुमा शिवसताक्षी नगरपालिका–९ बस्ने २१ वर्षीय प्रेम सागर सावा, मेचीनगर नगरपालिका–१२ बस्ने २० वर्षीय मनिस बराल र मोरङको मिक्लाजुङ गाउँपालिका–४ बस्ने १९ वर्षीय तिलु राई रहेका छन् ।
उनीहरुलाई अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथमा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २ ग्राम ५०० मिलिग्राम बरामद गरेको छ । पत्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
