नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न व्यक्ति पक्राउ
भक्तपुर । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनपाती घर भई हाल भक्तपुर बस्दै आएका नवीन मानन्धर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनले केही व्यक्तिहरूले लिखत किर्ते गरी विभिन्न वर्गका नक्कली लाइसेन्स पत्र बनाई प्रयोग गर्दै आइरहेको सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको थियो ।
सोही क्रममा उनलाई सोमबार पेला पारेर खानतलासी गर्दा नक्कली लाइसेन्स बरामद भएको थियो । उनलाई मंगलबार लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको कार्यालयले जनाएको छ ।
