बागमती प्रदेशमा फागुन १ गते सार्वजनिक विदा

तु खबर संवाददाता
२०७९ माघ २७, शुक्रबार ०८:३०
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी फागुन १ गते सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिएको हो ।

माघ २४ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बागमगी प्रदेश र स्थानीय तहका कार्यालयका लागि फागुन १ मा सार्वजानिक विदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । जनयुद्ध सुरु भएको दिनको सम्झनामा माओवादीले फागुन १ गतेलाई दिवसका रुपमा मनाउँदै आएको छ ।