विष सेवनबाट मकवानपुरका लोप्चनको मृत्यु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ७ दरबार बस्ने कनक सिङ लोप्चनको विष सेवनबाट शनिबार मृत्यु भएको छ । ५० वर्षीय लोप्चनको धानमा छर्ने विषादी सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, लोप्चनले बिहान साढे १० बजेको समयमा धानमा छर्ने विषादी सेवन गरेका थिए । विषादी सेवनबाट गम्भीर घाइते भएका उनको सहकारी अस्पताल हेटौंडामा उपचारको क्रममा १२ बजे मृत्यु भएको हो ।
मृतक लोप्चनको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
