बकैयामा ल्होछार मनाउन तीन दिन सार्वजनिक विदा

तु खबर संवाददाता
२०७९ माघ ७,शनिबार १६:१४

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले सोनाम ल्होछार मनाउन आजबाट लागू हुने गरी तीन दि न सार्वजनिक विदा दिएको हो ।

तामाङ बाहुल्य रहेको गाउँपालिकाले यस अघिका वर्षहरुमा पनि ३ दिन ल्होछारमा विदा दिने गरेको थियो ।

यसवर्ष तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ ह्योईरतावार ल्हो (बिरालो वर्ष) सोनाम ल्होछार माघ ८ गते परेको छ ।