बागमती प्रदेशमा लागूऔषध ओसापसारमा संलग्न २५७ जना पक्राउ

तु खबर संवाददाता
२०७९ माघ ४, बुधबार १६:४९

मकवानपुर । बागमती प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा लागूऔषध ओसारपसारमा संलग्न २५७ जना पक्राउ परेका छन् ।

सो अवधिमा प्रदेशको काठमाडौं उपत्यका बाहेकको तीन जिल्ला बाहेका १० जिल्लामा लागूऔषध ओसारपसारमा संलग्न २५७ जना पक्राउ परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा सार्वजनिक गरिएको विवरण अनुसार, सो अवधिमा लागूऔषध गाँजा २ हजार ८८७ किलो, चरेश ९५ किलो, अफिम २ किलो र खैरो हिरोइन १८७ ग्राम बरामद भएको छ ।

त्यस्तै, विभिन्न प्रतिबन्धीत औषधिजन्य लागूऔषध २२ हजार ९१३ पिस, १ लाख ५ हजार ५०० मिलि लिटर तरलजन्य लागूऔषधसहित २५७ जनालाई पक्राउ गरेको जनाएको हो ।

साथै सो अवधिमा २६ हजार ८६७ लिटर तयारी घरेलु मदिरा र कच्चा मदिरा २३ हवार ८१ किलो बरामद गरेर नष्ट गरिएको छ ।