सभामुख पदका लागि कांग्रेसबाट ईश्वरी न्यौपानेको मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदका लागि नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् । न्यौपाने बुधबार सवा ३ बजे संसद भवन पुगेर सभामुख पदका लागि मनोनयन दर्ता गराएकी हुन् ।
न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश र समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन् ।
यसअघि कांग्रेस, एकीकृत समाजवादी र लोसपाका शीर्ष नेताको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा न्यौपानेलाई सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
सभामुख पदका लागि यसअघि नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराइसकेका छन् । उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् ।