युक्रेनमा हेलिकप्टर दुर्घटनामा परेर १६ को मृत्यु

एजेन्सी
२०७९ माघ ४,बुधबार १५:३६
सांकेतिक तस्वीर

काठमाडौं । युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा परेर आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्कीसहित १६ जनाको मृत्यु भएको छ ।

राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो । मृत्यु हुनेमा २ जना बालबालिका रहेका छन् ।

यस्तै, दुर्घटनामा परेर १० जना बालबालिकासहित २२ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ ।

दुर्घटनामा परको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।