म्यान मकवानपुरका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण
मकवानपुर । मोबाईल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको शनिबार शपथ तथा पदस्थापना गरिएको छ । गत पुस ९ गते भएको ११ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनमा निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनीयताको शपव एवम् पद स्थापना गरेका हुन् ।
कार्यक्रम म्यान मकवानपुरका अध्यक्ष दिनेश लामाको अध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघको वस्तुगत उपाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो ।
म्यान मकवानपुरको निर्वाचनबाट अध्यक्षमा नवराज चौलागाई , वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद न्यौपाने, उपाध्यक्षमा रोहिनीप्रसाद गौतम, महासचिव राजकुमार दाहाल, सचिवमा लक्ष्मण न्यौपाने र कोषाध्यक्ष शिवराज बास्तोला र सह कोषाध्यक्ष अमोद बानियाँ निर्विरोध चयन भएका थिए ।
यसैगरी, सदस्यहरुमा क्रमशः एदिस रिजाल, जीवनाथ अधिकारी, सुमन रायमाझी, पुष्पराज गौतम, सुनील प्रसाद सुवेदी र सुरेश लामा निर्वाचित भएका थिए । निर्वाचितलाई निर्वाचन आयुक्त एसीस रिजालले शपथ ग्रहण गराएका हुन् ।
अध्यक्ष लामाले नवनिर्वाचित अध्यक्ष नवराज चौलागाईलाई पद हस्तान्तरण समेत गरेका थिए ।
