बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने

तु खबर संवाददाता
२०७९ पुष २७,बुधबार ०९:३१
फाइल तस्बिर

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी माघ ३ गते विश्वासको मत लिने भएका छन् ।

सरकारले माघ ३ गते प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यक्रमको लागि प्रदेशसभालाई जानकारी गएको बागमती प्रदेश सरकारका प्रवत्तmा एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

प्रदेशसभामा रहेका ७ दलमध्ये ५ दलको समर्थमा बनेको सरकारलाई विश्वासको मत प्राप्त हुने प्रवक्ता थपलियाको भनाई छ ।

बागमती प्रदेशसभामा रहेको ११० जना सदस्यमध्ये एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका ७० जनाको समर्थनमा मंगलबार जम्कट्टेल नेतृत्वको नयाँ सरकार बनेको छ ।