इन्द्रसरोवर–४ मा न्यानो कपडा वितरण एवम् निःशुल्क स्वास्थ्य शिविर संचालन

तु खबर संवाददाता
२०७९ पुष २५, सोमबार १६:२०
फोटो : इन्द्रसरोवर ५ मा न्यानो कपडा वितरण गर्दै

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ४ मा सोमबार न्यानो कपडा वितरण एवम् निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

इन्द्रसरोवर गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रमअनुसार न्यानो कपडा वितरण तथा स्वास्थ्य शिविर संचालन गरिएको हो ।

गाउँपालिकाले “सबैको ध्यान, ज्येष्ठ नागरिकको सम्मान” भन्ने नाराका साथ ६८ वर्ष माथिका ज्येष्ठ नागरिक र ६० वर्ष माथिका एकल महिला तथा “क” वर्गको रातो परिचय पत्र भएका अपांगता समूहलाई लक्षीत गरी न्यानो कपडा वितरण गरेको गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईँले जानकारी दिए ।

उनका अनुसार, आज भएको कार्यक्रममा ८१ जनालाई न्यानो कपडा वितरण गरिएकाृ थियो भने ५६ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका थिए । स्वास्थ्य परीक्षण गराएकामध्ये ४८ जनालाई निःशुल्क औषधी वितरण गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई कपडासँगै खाजा खुवाईएको उनले जानकारी दिए । कार्यक्रम गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक चन्द्रकुमार बलको अध्यक्षतामा भएको हो ।

यस्तै, गाउँपालिकाले मंगलबार वडा नम्वर ३, बुधबार वडा नम्वर २ र बिहीबार वडा नम्वर १ मा संचालन गर्ने योजना रहेको गाउँपलिकाले जनाएको छ ।