हेटौंडा–१४ का विपन्न एवम् एकल महिलालाई न्यानो कपडा वितरण
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ का ५० परिवारलाई बिहीबार न्यानो कपडा वितरण गरिएको छ ।
१४ नम्वर वडाका विपन्न अध्यक्ष दिपक खड्काले वार्म नेष्ट फाउन्डेसनको सहयोगमा वडाका विपन्न एवम् एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।
चिसो बढेसँगै वडाका विपन्न घरपरिवार तथा एकल महिलाहरुलाई समस्या परेको जानकारी पाएपछि वार्म नेष्ट फाउन्डेसनको सहयोगमा एक एक थान ब्याङ्केट वितरण गरिएको वडाध्यक्ष खड्काले बताए ।
न्यानो कपडा वितरण गर्दै १४ नम्वर वडाका वडा अध्यक्ष खड्काले सहयोग गर्ने संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको बताए ।
