माघमा १५ लाख मात्रा बुस्टर डोज खोप आउने

तु खबर संवाददाता
२०७९ पुष २०, बुधबार १७:०४

काठमाडौं । कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ ले १५ लाख मात्रा खोप दिने भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले जनाएको छ ।

उनका अनुसार, एक महिनापछि आगामी माघ १९ गते सो परिमाणको खोप आउने भएको हो । यही पुस १४ गते सरकारले बुस्टर डोज खोपका लागि औपचारिक रुपमा ‘गाभी’ लाई पत्र लेखेको थियो ।

कोरोना भाइरसको संक्रमण बढिरहेको बेला सरकारले बुस्टर डोज खोप ल्याउने तयारी गरेको हो । उनका अनुसार, अमेरिकाबाट गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउने छ ।

सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बुस्टर डोज नलगाएका सबैलाई खोप लगाउन आग्रह गरेको छ । सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन लागेको हो ।