दुर्घटनामा परेर मकवानपुरका १० वर्षीय बालक घाइते

तु खबर संवाददाता
२०७९ पुष १५, शुक्रबार १८:१३
File Photo

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरेमा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जना बालक घाइते भएका छन् ।

दिउँसो साढे ३ बजेको समयमा हेटौंडा तर्फबाट चितवनतर्फ जाँदै गरेको बीआर ०१ एफभी २८१९ नम्वरको भारतीय कारले ठक्कर दिँदा पैदलयात्री स्थानीय सानु परियारको छोरा अन्दाजी १० वर्षीय राजेस परियार घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, घाइते बालकको अवस्थामा गम्भीर रहेको र उनलाई उपचारको लागि चितवनतर्फ पठाइएको छ ।
प्रहरीले कार चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।