ल्होसार सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्व हो : प्रधानमन्त्री

तु खबर संवाददाता
२०७९ पुष १५, शुक्रबार ०८:४९
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसार सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्वका रुपमा स्थापित रहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष) को बिदाइ र नयाँ ल्हो (वर्ष) को स्वागतका रुपमा मनाउने ल्होसार पर्वको शुभकामना दिँदै सो कुरा बताएका हुन् । उनले यस पर्वले समस्त नेपालीबीच आसपी सम्बन्ध सुदृढ हुने विश्वास लिएका छन् ।

ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन् ।