हेटौंडालाई थप सुन्दर र आकर्षक शहर बनाउन वृक्षरोपण

तु खबर संवाददाता
२०७९ पुष ८, शुक्रबार १०:१५

मकवानपुर । हरित शहरको रुपमा परिचित हेटौंडालाई थप सुन्दर र आकर्षक शहर बनाउन बिहीबार वृक्षरोपण कार्यालयको आयोजना गरिएको छ । उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको नेतृत्वमा एक कार्यक्रमबीच हेटौंडा–११ स्थित बुद्धपार्कमा वृक्षरोपण गरिएको हो ।

पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पर्ने पार्कको सुन्दरता यात्रुले अवलोकन गर्दा नगरको सकारात्मक परिचय स्थापित हुने उद्देश्यसहित विभिन्न जातका २ सय १५ बिरुवा रोपिएको छ ।

सो क्रममा उनले जनतासँगको सहकार्यमा काम गर्न सके रोपिएको बिरुवाको संरक्षण पनि हुने बताइन् । नगर प्रमुखमा निर्वाचित भएपश्चात हरित शरहसँगै सफा सहरको अभियान पनि सञ्चालन गर्न जोड दिँर्दै आएकी उनले बजारलाई व्यवस्थित बनाउनका लागि कार्यदल बनाएर काम गरिरहेको पनि बताइन् ।

वृक्षरोपण कार्यक्रममा स्थानीय सिमलटार टोल विकास संस्थाका पदाधिकारी, सदस्यको पनि उपस्थिति रहेको थियो ।