बन्दुक र खुकुरी लिएर धाकधम्की दिने दुई युवक पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुमा भरुवा बन्दुक र खुकुरी लिएर धाकधम्की दिँदै गरेको अवस्थामा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले माप्य दूधकोसी गाउँपालिका–२ का ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँका २४ वर्षीय प्रवेश राईलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार, उनीहरूलाई शनिबार सोलुदूधकुण्ड नगरपालिका–१ बाट एक थान भरुवा बन्दुक र एक थान खुकुरीसहित पक्राउ गरिएको हो ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ ।