हेटौंडामा कृषिको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न

तु खबर संवाददाता
२०७९ पुष ३, आईतवार १६:५७

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आर्थिक २०७९/०८० को प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीको आयोजना गरिएको छ । उक्त गोष्ठी बागमती प्रदेश कृषि विकास निर्देशनालयले आयोजना गरेको हो ।

गोष्ठी बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यता एवम् कृषि विकास निर्देशनालयका प्रमुख भरतप्रसाद भण्डारीको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा कृषि विकास निर्देशनालय, कृषि व्यवसाय प्रबर्धन सहयोग तथा तालिम केन्द्र, कृषि ज्ञान केन्द्र चितवन, पुष्प विकास केन्द्र, वाली संरक्षण प्रयोगशाला, मौरीपालन विकास कार्यक्रमले आर्थिक वर्ष २०७९/८० को प्रथम चौमासिक प्रगती विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राज्यमन्त्री ईन्द्रमाया गुरुङ, मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निर्देशनालयमा आवद्ध ७ कृषि ज्ञान केन्द्र, ६ बागवानी केन्द्र, ३ मौरी विकास कार्यक्रम, ४ प्रजनन पिढी कोया उत्पादन केन्द्र, १÷१ बाली, माटो, बिउ विजन प्रयोगशाला र एक माछा फारमका प्रमुखहरुको सहभागिता जनाएका थिए ।