टुहुरा–टुहुरी र सुस्केरा मञ्जरी

सञ्जय साह मित्र
२०७९ मंसिर २९,बिहीबार १८:०५

मकवानपुर । “जबजागे तभी सबेरा” भन्ने भनाईको तात्पर्य यो हो किजहिले निद्रा खुल्छ तहिले बिहान हुन्छ अर्थात् जहिले चेतना हुन्छ तहिले जीवन आलोकित हुन्छ । हिन्दू संस्कृतिमा जीवनको आयुलाई चार भागमा बाँडिएको पाइन्छ । यथाः पहिलो बालापन, दोस्रो युवा जवानी, तेस्रो प्रौढ र चौथो बुढ्यौली । यदिभाषा र साहित्यको क्षेत्रमा केहीचौथो आयुमा कृतिगत योगदान दिन्छन् भने सलाम त गर्नैपर्छ । अझदम्पतिको नै संयुक्त कृति आउँछ भने त दुर्लभ सुखोपलब्धिमान्नु पर्छ । यस्तै दुर्लभ उपलब्धिको एउटा सौन्दर्य हो – सुस्केरा मञ्जरी ।

रौतहटको चन्द्रनिगाहपुरमा पुस्तक व्यवसाय सञ्चालन गरी एक युग बिताएका तर, हाल मकवानपुरको हेटौंडा निवासी बनेका एक सङ्घर्षशील व्यक्तित्वले गत वर्ष हेटौंडास्थित एउटा कार्यक्रममा उपहारको रुपमा दिएको प्रेरणादायी कृति हो – सुस्केरा मञ्जरी ।

यो कविता सङ्ग्रह हो, संयुक्त । रचनाकार हुन् बिन्दा टुहुरी आलमपुरे र ए.पी. टुहुरे । मनका भावनाहरुलाई काव्य प्रकाशमा ल्याएका यिनै टुहुरे र टुहुरीले छोरी रीता आचार्यको सहयोगमा २०७६ मा प्रकाशन गरेको कृति हो – सुस्केरा मञ्जरी । आवरणमा लेखकद्वय आफैँ उभिएको अर्धकदको फोटो राखिएको छ । संस्कृति अनुसार टुहुरेको देब्रेतिर टुहुरी रहेकी छन् । झन्डै दुबैको बिचमा पर्ने गरी घरको भित्तामा भगवान गणेशको चित्राकृति देखिन्छ र ढोकाबाहिर अलिक टाढा एउटा सुन्दर पक्की घर अनिउक्त घरको पछाडि मधुरो डाँडा । यसबाट टुहुरा र टुहुरी आफ्नै पक्की घरमा खिचाएको फोटा आवरणमा राखेका हुन् भन्ने सामान्य अनुमान हुन्छ । आवरणको विषयमा स्पष्ट पारिएको छैन ।

“आधिकारिक अनुमति बिना यस पुस्तकको कुनै पनि अंशवा पुरै पुस्तक समीक्षात्मक प्रयोजन बाहेक पुनरुत्पादन वा फोटोकपी गर्न पाइने छैन” उल्लेख गरिएको छ । कृतिमा सेतीदेवी गौतम (बिन्दा) : परिचयात्मक लेख दिइएको छ । सामान्य अवस्थामा अहिले कल्पना गर्नै नसकिने अविश्वसनीय युगको यथार्थ रहेको छ । जसको विवाह पारिवारिक कारणले ४ वर्षको उमेरमा भएको थियो र जीवनको उतराद्र्धका काव्य/कृति प्रकाशन गर्दछन् ।, आफैँमा कुनै महाकाव्यको विषयभन्दा कम्ती विशाल कथा नकहुन सक्दैन । जीवन नै महाकाव्य जस्तो बन्न पुगेका दुई प्राणीको जीवनको सार हो यो सुस्केरा मञ्जरी ।

पूर्वीय काव्य परम्परालाई निर्वाह गर्दै यस कृतिको पहिलो रचना मङ्गलाचरणबाट सुरु भएको छ । यसमा महिलाका पीडा र अधिकारका कुरा, एउटी आमाको मनको पीडा, मेरो विचार नामक कविताहरु क्रमशः आएका छन् । छोटा आयामका कविताहरु छन् । मेरो विचारमा कवि भन्दछन्  :

आँखाभरि टम्म माया छ भने नेपालकै सम्झनू
सद्भाव बटुल्नु छ सेवा गरेर समाजको मान्नू
सञ्चिता गरी केही कमाउनु छ भने कृतिहो विश्वभर
न्यायिक, धार्मिक बन्न उत्सुक भए दयादुःखीमा गर । (पृ. १४)

यसैगरी, चोट मात्रै किन मिल्दछ, जेठी दिनीको सम्झनामा, माहिली दिदीको सम्झनामा, संस्मरण पहिलो बच्चा जन्माउँदाको, पहिलो पटकको आफ्नै बिमारबारे, श्रीमान्का बारेमा, छोरी बहरायन लाग्दा, छोराको भोटो थैलीमै जीवन भर, पच्चीस सय तेत्तीसऔँ बुद्ध जयन्तीका दिन, बाढीपीडितको पीडा, धर्ती समानकी आमालाई कसैले हेरेन, दुराचारी पुत्र के कस्ता हुन्छन्, महिला योगदान र जिम्मेवारी, मातृभूमि कविता क्रमशः सजिएका छन् कृतिमा । मातृभूमि कवितामा कविको उद्गार यसरी अभिव्यक्त भएको छ :

सुन्दर पाउका रुपमा रहनगयो तराईका फाँटहरु
मात्र घुमी नेपालको गरी बखान सकिन्न कहिल्यै
हामीले बगाई रगत र पसिना यो धर्ती सिंगार्नु छ
यो प्यारो भूमिलाई आफ्नो मुटुमा सजाएर राख्नु छ । (पृ. ३१)

एकताको मुठी, कफीको स्मृति पहिलो पुष्प, कफीको स्मृति दोस्रो पुष्प, कफीकै स्मृति तेस्रो पुष्प, नयाँ सामन्तचम्चे इमानदार कस्ता हुन्छन्, कलम एक कविता, समाजलाई अघि बढ्न रोक्ने धमिरा, गरिबको पुकार, बाढीपीडितको पुकार, घरबारीको माया, असन्तुलित घरको एक नमुना, राष्ट्रियतामा चोटलगायतका रचनाले कृतिको शोभा बढाएका छन् । यसैगरी जन्तजाँदा वरबधुलाई आशीर्वाद, शिक्षाको विकास गरौँ न, श्रमको सन्मानगर्न सिकौँ, दुःखीको बिलौना, घर्ती काइँला, जीवन स्मृतिकापाना, थपउहाँकै बारे, पार्टी पङ्ति उपयोगीमा फस्दा, सन्तानको व्यवहारले मनै रुवाउँदा, दशैँ टीका साथै प्यारी बहिनी भेट, श्रमिक रामेको कविता, मातृभूमि नेपाल जस्ता कविता रचनाले कृतिलाई सुशोभित पारेका छन् । मातृभूमि नेपालमा व्यक्त गरिएको एक टुक्रा यस्तो छ :

अग्ला सुन्दर शैलाकाशिखर नै जुन देशमा टल्किए
सीता, बुद्ध विभूतिआदि अरनिको यै देशमाजन्मिए
द्यौताले पनि मन पराई चलखेल गर्दै रहेको थलो
होलानित्ययी सम्पदा र जलस्रोत बाँच्दा सबैको भलो । (पृ.६५)

मेरो गाउँ एक झलक, बनेपा नगरी एक झलक, संस्मरण टुहुरी बालिकाको, बलढाक्रेका साइकल चढ्ने रहर, विस्थापित पीडा म भुल्न सक्तिनँ, समाज र समीक्षा यथार्थको खाँचो, यो रम्य भूमिहो हाम्रो नेपाल, समाज एक कविता, सैलुङ्गे लेक एक चिनारी र नाबालक टुहुरी, निष्ठुरीको सम्झनामा गीत, केही प्रश्न, आमाकी टुहुरी बालिका, कसैको सम्झनामा, प्राकृतिक रम्य भावना, उनकै यादमा, नेपाली आवाज जस्ता कविता यस सुन्दर कृतिका गहना बनेका छन् । नेपाली आवाजमा कवि भन्दछन् :

आपसमाहामी टुक्रियौँ भने परचक्री रमाउँछन्
हामीलाई जुधाई रमिता हेर्ने जगमात्र लगाउँछन्
बुझेर हामी आपसमा राम्रो सद्भाव राखौँ न
नेपाली हामी नेपाल बचाई एकजुट भै बसौँ न । (पृ. ८६)

भुन्टे र गोरीको प्रेम प्रसङ्ग, मेरा वसन्तीवय, मेरो इच्छा हुँदै होइन, प्रेमीको यादमा, प्रसङ्ग जम्काभेट, अनुरोध एक कविता, वर्सातले क्यै समयमै परिवर्तन ल्यायो, हाम्रो गाउँ रमाइलो ठाउँ, जीवनसाथीको कुरा, छ्यालीस सालपछि किसान के भन्छन् ?, श्रद्धासुमन चढाउँछौँ मुटु गाँठो पारी, परिवारपीडक नयाँ सामन्तगीत, सगरमाथा हिमाल स्वर्ण महोत्सव र नेपाली विभूतिबारे जस्ता रचनाहरु यस कृतिका सुन्दर पुष्प हुन् । कृतिको अन्त्यमा केही रोचक जानकारी पनि प्रस्तुत गरिएका छन् ।

कृतिमा आएको कविताका विषयवस्तुमा जीवनका भोगाइ र नेपालको परिवेश नै प्रधान रहेको छ । यो कृति वास्तवमा कविद्वयको मनको अभिव्यक्ति हो, जीवनदर्शन हो र नेपालको एउटा चिनारी हो । आम नेपालीको जीवनदर्शन पनि हो । राष्ट्रियता भावले भरिपूर्ण यस कृतिका कविताहरुमा आएको आञ्चलिक तथा वैयक्तिक परिवेशले पनि देशभक्तिको भाव बोकेका छन् ।

सरल शब्दावलीमा गहन भाव र आफ्नो जीवन गाथालाई कवितात्मक अभिव्यक्तिमा सार्वजनिक गर्ने टुहुरे र टुहरीको यो कविता सङ्ग्रह ज्येष्ठ नागरिकको लागि एउटा दृष्टान्त हो । साथै बुढ्यौली साहित्यको एउटा स्रोत पनि हो । यस कृतिले कुनै जमानाको समाज र संस्कृतिलाई बुझाउन सहयोग गर्दछ भने बदलिँदो संस्कृतिको स्वरुपको दर्शन पनि गराउँछ । यस अर्थमा यो कृति विभिन्न दृष्टिकोणले महत्वपूर्ण उपलब्धिको रुपमा रहेको स्पष्ट छ । (मकवानुरको महक : शृङ्खला ११)