अस्ट्रेलियाको क्विन्सल्याण्डमा गोली चल्दा ६ जनाको मृत्यु
अस्ट्रेलिया । अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा सोमबार भएको गोलीकाण्डमा परेर ६ जनाको मृत्यु भएको छ ।
क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा वाइअम्बिलामा हराएका व्यक्तिको खोजी गरिरहेका समयमा गोली चलाउँदा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ ।
सोमबार दिउँसोको लञ्चको ठीक समयपछि बेपत्ता व्यक्तिहरूको अनुसन्धानमा पुलिसलाई वाइम्बिलाको सानो शहरमा रहेको जस्ताको छत भएको बंगलामा बोलाइएको थियो । उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
