आम निर्वाचन : कांग्रेसले माग्यो अन्तरघातीको सूची

काठमाडौं । नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ । कांग्रेस अनुशासन समितले आईतबार एक सूचना जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको हो ।
जारी विज्ञप्तिमा जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउने र यदि जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरेर पुस १५ गतेभित्र सूची पठाउन भनिएको छ ।